शिवसताक्षी । झापाको पर्यदकीय स्थल दोमुखामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
भद्रपुर ५ का १५ वर्षीय उज्जवल राईको जन्मदिनको अवसर पारेर खुसीयाली मनाउन आएका उनका साथी १५ वर्षीय फिरु शेखको मृत्यु भएको हो भने बेपत्ता भएका राईको खोजी भइरहेको जनाइएकाृ छ ।
शेखको पौडी खेलेको स्थानभन्दा ५० मिटर तल पानीमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो । उनका साथी त्रिकुमार राजवंशी र स्थानीय बासीले खोज्ने क्रममा शव फेला पारेका थिए ।
भद्रपुरबाट आज बिहान ११ बजेतिर ४ जनाको समूह दोमुखा घुम्नका लागि आइपुगेका थिए । दिउँसो २ बजे ४ जनानै पौडी खेल्ने क्रममा २ जना हराएका हुन् । मृतकका साथी त्रिकुमार राजवंशीले चारैजना पौडी खेलिीरहेका थियौं, उनीहरु खेल्दा खेल्दै हराएको बताए ।
दुई जना साथी अचानक हराए । एक जना साथीलाई पानी घुमाउँदै गरेको देखें, गएर तान्न खोजे तर सकिन । घुमाउने पानी भएकाले भित्र कहाँ लग्यो पत्तै भएन । उनका अनुसार हराइरहेको उज्वल राईको २२ गते जन्मदिन परेको थियो ।
उनले भने, ‘जन्मदिन मनाउन उसले हामीलाई दोमुखा घुमाउन ल्याएको हो । अब साथी हरायो एक जनाको मृत्यु भइसक्यो, कसरी घर जानु ।’
किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । बपत्ता भएका राईलाई स्थानीयबासी र प्रहरीको टोलीले खोजिरहेको छ।