२०८१ कार्तिक ८, बिहिवार , ०५:०७:५४ बजे

Sajhamanch
'

जलपाईगुडीमा दुईवटा रेल जुधे, पाँच जनाको मृत्यु

सोमवार, असार ३, २०८१

सिलगढी (भारत) । पश्चिम बंगालको न्यू जलपाईगुडी छेउमा आज सोमबार बिहान एउटा यात्रुवाहक रेल अर्को मालवाहक रेलसँग ठक्कर खाँदा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

दार्जीलिङ जिल्लाका निमित्त प्रहरी प्रमुख अभिशेख रायले घटनाको पुष्टि गर्दै दुई दर्जनभन्दा धेरै यात्रुहरु सो घटनामा घाइते भएको जनाएका छन् । ठक्करपछि रेलका तीनवटा डब्बा लिगबाट बाहिरिएका थिए ।

पूर्वबाट कोलकाताको सियालदह जाँदै गरेको कञ्चनजंघा एक्सप्रेस र न्यू जलपाईगुडीतिर आउँदै गरेको मालवाहक रेल बिहान साढे ९ बजे एकापसमा ठक्कर खाएका थिए ।