२०८१ साउन १२, शनिवार , ०५:५१:५१ बजे

Sajhamanch
'

आधारभूत पत्रकारितासम्बन्धी तीन दिवशीय तालिम समापन

सोमवार, जेठ २८, २०८१

कमल । कमल गाउँपालिकाको केर्खामा सञ्चालित आधारभूत पत्रकारितासम्बन्धी तीन दिवशीय तालिम सोमवार समापन भएको छ ।

कुइनेटो मिडिया प्रालिको आयोजना र उक्त पालिका ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा शुरु तालिम समापन भएको हो ।

त्यसक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी) ले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेकी थिइन् ।

त्यस्तै, वडा नम्बर ३ का अध्यक्ष अग्निप्रसाद कोइरालाले बाल सञ्जालको माग अनुसार सञ्चालित सो तालिमले बालबालिकाको क्षमता विकासमा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले तालिम छोटो अवधिको भएपनि पत्रकारिताप्रति इच्छुकका लागि उपयोगी रहेको बताए ।

यसैगरी, सहभागी प्रशिक्षार्थीकातर्फबाट अनुप गजुरेल र सविना शिवाकोटीले अनुभूति मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल लगायतको उपस्थिति थियो ।

नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा भएको तालिममा कमल–३ नम्बर वडाका विद्यालयमा अध्ययनरत कक्षा १० देखि १२ सम्मका २५ जना विद्यार्थी सहभागी थिए ।

तालिमका प्रशिक्षार्थीहरुलाई किङ एफएम दमकमा स्टेशन मेनेजर मनकुमार गदाल, हिमशिखर टेलिभिजन तथा रेडियो हिमशिखरका समाचार शाखा प्रमुख सुदीप अधिकारी र कमल–२ स्थित महेन्द्ररत्न माविका शिक्षक विष्णुप्रकाश निरौलाले सहजीकरण गरेका थिए ।

आयोजक मिडिया प्रालिका अध्यक्ष तथा कार्यकारी सम्पादक उमानाथ भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा शाब्दिक स्वागत मधुसुदन अधिकारी र सञ्चालन उमेश पोखरेलले गरेका थिए ।

सम्बन्धित खबर