२०८१ साउन १२, शनिवार , ०१:५१:३८ बजे

Sajhamanch
'

जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने

बुधवार, जेठ २, २०८१

काठमाडौं । जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।

प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डरमा जेठ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यसका साथै त्यसदिन लगानी सम्मेलनसँग सम्बन्धित अध्यादेश स्वीकृत गर्ने लगायतको सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ ।त्यसअनुसार जेठ ६ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको हो ।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरूले पहिले नै प्रश्न लिखित रूपमा संसद सचिवालयमा उपलब्ध गराउनुपर्ने हुन्छ ।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको समूह विभाजन गरिएको छ । यसअघि समूह एक, दुई, तीन र चारमा रहेका सांसदहरूले प्रश्न सोधिसकेका छन् । अब समूह पाँचमा रहेका सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्न पाउनेछन् ।

सम्बन्धित खबर