२०८१ साउन ११, शुक्रवार , ०४:४०:५३ बजे

Sajhamanch
'

एमाले तनहुँमा खगराजपक्षका हरिराज कँडेलको जित

बुधवार, जेठ २, २०८१

काठमाडौँ । नेकपा एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्। उनी स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी निकट नेता हुन्।

यहाँ खगराज समूह र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहबीच प्रतिस्पर्धा भएको थियो। यद्यपि, मंगलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार २९२ मत प्राप्त गर्दै खगराजपक्षका कँडेलले जिते।

अध्यक्षका प्रतिस्पर्धी पृथ्वीसुब्बा समूहका विष्णुभक्त सिग्देलले २०४ मत प्राप्त गरे।

उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी भएका छन् ।

अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । ५८५ मतदातामध्ये ५६० जनाले मतदान गरेका थिए।

सम्बन्धित खबर