२०८१ साउन ११, शुक्रवार , १२:५३:३३ बजे

Sajhamanch
'

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मागे विश्वासको मत

सोमवार, वैशाख ३१, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् ।

सरकार गठनको प्रक्रिया सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाएको बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ । कांग्रेस संसदीय दलको बैठकले सभामुखलाई पत्र लेखेर बैठक स्थगित गर्न माग गर्दै अनुपस्थित हुने निर्णय गरेको हो ।

विहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सुरु गर्न सभामुखले कांग्रेसलाई दुई घण्टा पर्खिएका थिए । नेपाली कांग्रेस दलको बैठक नसकिएपछि १ बजे सभामुखले बैठक सुरु गरे । बैठक सुरु भएपछि मात्रै कांग्रेसले बैठकमा अनुपस्थित हुने जानकारी दिएको थियो । बैठकमा प्रतिपक्षी बेन्चमा राप्रपा मात्रै छ ।

विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा विचराधीन रहेको मुद्दाको फैसलालाई सबैले मान्ने बताए । उनले एमाले संविधान मान्ने पार्टी रहेको बताउदै जनताको विश्वास टुट्न नदिने बताए ।

सम्बन्धित खबर