२०८१ जेठ ६, आइतवार , ०३:५९:२७ बजे

Sajhamanch
'

फेला पर्‍यो संसारकै गहिरो खाडल, पातालसँग सिधा सम्बन्ध

मङ्गलवार, वैशाख २५, २०८१

वैज्ञानिकहरुले विश्वकै सबैभन्दा गहिरो खाडल पत्ता लगाएका छन् । मेक्सिकोको युकाटन प्रायद्धिपमा रहेको चेतुमल खाडीमा उक्त खाडल रहेको छ । त्यसको नाम चाहीँ टाम जा ब्लू होल हो ।

यद्यपि अहिलेसम्म वैज्ञानिकहरुले यसको गहिराई मापन गर्न पाएका छैनन् तथापि सुरुवाती गणना अनुसार यो १३८० फिट भन्दा धेरै गहिरो छ । त्यो पनि समुद्री सतहभन्दा मुनि । अर्थात् यसको सिधा सम्बन्ध पातालसँग छ । शोधकर्ताहरु अहिलेसम्म यो खाडलको पिँधसम्म पुग्न नसकेको हुँदा यसको गहिराई अझै धेरै भएको पक्का छ ।यसअघि सबैभन्दा गहिरो खाडलको रेकर्ड दक्षिणी चीन सागरमा रहेको ड्रागन होलको नाममा थियो । यो ९ सय ९० फिट गहिरो थियो । जबकि टाम जा ब्लू होल चीनको उक्त खाडल भन्दा ३९० फिट गहिरो छ ।

अघिल्लो वर्ष डिसेम्बर ६ मा गोताखोरहरुले यस खाडलको खोज गरेका थिए । त्यस बारेको रिपोर्ट यही अप्रिल २९ को फ्रन्टियर्स इन मरिन साइन्स जर्नलमा प्रकाशित भएको छ ।वैज्ञानिकहरुले यसको गहिराई मापन गर्नका लागि कन्डक्टिभिटी, टेम्परेचर एण्ड डेप्थ प्रोफाइल (सिटिडी) प्रविधिको प्रयोग गरे । यसबाट समुद्रभन्दा मुनिको सतहको रियल टाइम डेटा प्राप्त हुन्छ र ब्लुहोलको गहिराई नापिन्छ । यद्यपि यो खाडलको पिँधसम्म गोताखोर वा सबमरिन पुग्न सकेका छैनन् ।

के हो ब्लू होल ?

सिटिडी प्रोफाइलरबाट यो खाडलमा विभिन्न गुफा तथा सुरुंगहरु प्नि रहेका पत्ता लागेको छ । ती गुफा तथा सुरुंगहरु आपसमा जोडिएका छन् । त्यहाँ तापक्रम तथा नुनको मात्रा क्यारेबियन सागरकै जस्तो छ । ब्लू होल अर्थात् सिंक होल । यो पानीभित्र हुन्छ र जमिनमा ठाडो खाडल हुन्छ । यस्तो खाडल मुनिपट्टि सुरुंगको जालसँग जोडिएको हुन्छ र कहिलेकाहीँ त्यस्ता सुरुंगहरु न्हुन पनि सक्छन् ।

यी खाडलको पिँधमा आमरुपमा चुनढुंगा, मार्बल तथा जिप्सन पाइन्छ । यस्तै एउटा प्रसिद्ध ब्लू होल बहमासको डिन्स ब्लू होल पनि हो । त्यस्तै इजिप्टको दहाब ब्लु होल तथा बेलिजको ग्रेट ब्लू होल पनि विश्वका अन्य चर्चित ब्लु होल हुन् ।वैज्ञानिकहरुका अनुसार विश्वको सबैभन्दा गहिरो भनिएको मेक्सिकोको उक्त खाडलको वास्तविक गहिराई पत्ता लगाउनमा केही समय अझै लाग्नसक्छ । किनकि विद्यमान यन्त्रहरु त्यसको पिँधसम्म पुग्न सक्दैनन् ।सिटिडी प्रोफाइलर १६ सय ४० फिटसम्म जानसक्छ तर पानीभित्रको तरंगका कारण त्यसको तार टुट्ने खतरा भएकाले त्यसलाई खाडलको पिँधसम्म नपूराई १३ सय ८० फिटबाटै बाहिर निकालिएको थियो । एजेन्सी

सम्बन्धित खबर