२०८१ जेठ ५, शनिवार , १०:३५:४९ बजे

Sajhamanch
'

बिर्तामोडमा मिस नेपाल २०२४ को क्षेत्रीय अडिसन हुने

शनिवार, वैशाख २२, २०८१

बिर्तामोड । मिस नेपाल २०२४ को क्षेत्रीय अडिसन झापाको बिर्तामोडमा वैशाख २३ गते आईतबार हुने भएको छ । कार्यक्रमका बारेमा आयोजक संस्था द हिडन ट्रेजरले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशीका अनुसार ३०औं संस्करणको मिस नेपालका लागि क्षेत्रीय अडिसन बिर्तामोडको होटल सिद्धार्थमा आयोजना गर्न लागिएको छ ।

यसअघि भरतपुर, वीरगन्ज, नेपालगन्ज, पोखरा र सुर्खेतमा अडिसन सकिएको र इटहरी र भैरहवामा अडिसन बाँकी रहेको उनले जानकारी दिए ।
युवाले आफ्नो देशलाई कस्तो बनाउने भन्नेमा भूमिका निर्वाह गर्न र आफ्नो क्षमता प्रस्तुत गर्ने उत्तम प्लेटर्फमको रुपमा मिस नेपाल रहेकाले युवतीहरुलाई प्रतियोगितामा सहभागी हुन मिस नेपाल वल्र्ड २०२३ श्रीच्छा प्रधानले आग्रह गरिन् ।

प्रतियोगितामा ५ फिट ३ इन्च उचाई भएको, १२ कक्षा पास भएको र १८ देखि २७ वर्ष उमेर समूहका अविवाहित युवतीहरुले आवेदन दिन सक्ने निर्देशक राजवंशीले जानकारी दिए । आवेदन निःशुल्क दिन सकिने उनले बताए । मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देलले अवसर खोजी गर्ने र राष्ट्र निर्माणका लागि युवतीहरुले कस्तो भूमिका खेल्न सकिन्छ भन्ने खोजी गर्न सकिने उपयुक्त प्लेटफर्म मिस नेपाल रहेको बताइन् ।

मिस नेपाल २०२४ को ग्रान्ड फिनाले साउन १९ गते गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा हुने द हिडन ट्रेजरका निर्देशक राजवंशीले जानकारी दिए ।