२०८१ जेठ ३, बिहिवार , ०५:४३:४१ बजे

Sajhamanch
'

पृथ्वीभन्दा साढे २ गुणा ठुलो ग्रहमा भेटियो जीवनको संकेत

बिहिवार, वैशाख २०, २०८१

जेम्स वेब स्पेस टेलिस्कोप अहिलेसम्म लञ्च गरिएको विश्वकै सबैभन्दा शक्तिशाली टेलिस्कोप हो । यसले अब अन्य ग्रहहरुमा जीवनको खोजीकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।द टाइम्सको रिपोर्ट अनुसार यो टेलिस्कोपले १२४ प्रकाश वर्ष टाढा रहेको एउटा रातो फुच्चे तारा,K2-18b  को परिक्रमा गरिरहेको एउटा टाढाको ग्रह फेला पारेको छ ।वैज्ञानिकहरुले यो ग्रहमा यस्ता लक्षणहरु देखेका छन् जसबाट उक्त ग्रहमा सम्भवतः जीवन हुनसक्ने देखिएको छ ।

वैज्ञानिकहरुका अनुसार यो ग्रह महासागरले ढाकेको छ र पृथ्वीभन्दा अढाई गुणा ठुलो छ ।वैज्ञानिकहरुले उक्त ग्रहमा डाइमिथाइल सल्फाइड नामक प्रमुख पदार्थको खोजी गरिरहेका छन् । यो एउटा आकर्षक विशेषतायुक्त ग्यास हो ।

नासाका अनुसार पृथ्वीमा यो ग्यास केवल जिवहरुबाट निस्किन्छ, मुख्य रुपमा सामुद्रिक वनस्पतीहरुबाट।K2-18bमा डिएमएसको उपस्थिति एउटा महत्वपूर्ण खोज हुनेछ।एजेन्सी

सम्बन्धित खबर