२०८१ जेठ ७, सोमवार , ०१:३८:३६ बजे

Sajhamanch
'

आईपीएलमा हैदराबाद चेन्नाइसँग पराजित

सोमवार, वैशाख १७, २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाद चेन्नाइ सुपरकिङ्गससँग पराजित भएको छ ।आइतबार राति भएको खेलमा चेन्नाइले हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।२१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८।५ ओभरमै १३४ रन बनाएर अलआउट भयो । हैदराबादका लागि एडन मार्क्रमको ३२ बनाए । यो नै हैदराबादका ब्याटरको सर्वाधिक रन हो । हेनरिक क्लासेन २०, अब्दुल समाद १९, ट्राभिस हेड र नितिश रेड्डीले १५र१५ रन जोडे ।

चेन्नायका तुषार देशपाण्डेले चार विकेट लिए भने मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले दुईरदुई तथा रवीन्द्र जडेजा र शार्दुल ठाकुरले एकरएक विकेट लिए ।टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले मात्र ३ विकेटको गुमाएर २१२ रन बनाएको थियो । चेन्नाइका कप्तान रुतुराज गाइकवाडले ९८ रन बनाए । ड्यारिल मिचेलले ५२ र शिवम दुबेले ३९ रनको योगदान गरे ।

हैदराबादका भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले एकरएक विकेट लिए ।यो जितसँगै चेन्नाइ १० अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद १० अंक भए पनि रनरेटका आधारमा चौथो छ ।