२०८१ वैशाख २६, बुधवार , ०४:०९:३५ बजे

Sajhamanch
'

न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८०० ग्राम सुन र डेढ करोड रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।

बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

‘रकम र सुनका विस्कुटसहित पाँच जना पक्राउ परेका छन् । केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदैछ’, रेग्मीको भनाइ छ ।

 

सम्बन्धित खबर