२०८१ जेठ ६, आइतवार , ०५:४४:४८ बजे

Sajhamanch
'

६३ दशमलव २४ प्रतिशत झापालीले हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरे

मङ्गलवार, वैशाख २५, २०८१

झापा । वैशाख १६ गतेदेखि सुरु भएको हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियानको ९औं दिनसम्म आइपुग्दा ६३ दशमलव २४ प्रतिशत झापालीले औषधी सेवन गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन गराउने पालिकाहरूमा बिर्तामोड नगरपालिकाले सबैभन्दा धेरै ९१ दशमलव ७६ प्रतिशत नगरबासीलाई औषधी सेवन गराएको जनाइएको छ ।

यसैगरी कनकाई नगरपालिकाले ८० दशमलव ७३ प्रतिशत नगरबासीलाई औषधी सेवन गराएको छ भने बुद्धशान्ति गाउँपालिकाले ८० दशमलव ४७ प्रतिशत जनतालाई औषधी सेवन गराएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बराकोटीले बताएका छन् ।

हालसम्म अर्जुनधारा नगरपालिकाले ६९ दशमलव ४६ प्रतिशत, मेचीनगर नगरपालिकाले ६१ दशमलव ७९ प्रतिशत, शिवसतासी नगरपालिकाले ५८ दशमलव ६० प्रतिशत र दमक नगरपालिकाले ६२ दशमलव ५१ प्रतिशत बासिन्दालाई हात्तीपाइले विरुद्धको आम औषधी सेवन गराइएको पालिका स्वास्थ्य शाखाका अधिकारीहरुलाई उधृत गर्दै स्वास्थ्य कार्यालय झापाका प्रमुख बाराकोटीले जानकारी दिए ।

यसैगरी, कमल गाउँपालिकाले ४७ प्रतिशत, गौरादह नगरपालिकाले ३६ दशमलव ५३ प्रतिशत, झापा गाउँपालिकाले ६० दशमलव ३३ प्रतिशत, बाह्रदशी गाउँपालिकाले ५८ दशमलव ४३ प्रतिशत, हल्दिवारी गाउँपालिकाले ५६ दशमलव ४८ प्रतिशत, भद्रपुर नगरपालिकामा ३३ दशमलव ९४ प्रतिशत र कचनकवल गाउँपालिकामा ६८ दशमलव ९३ प्रतिशत पालिकाबासीलाई औषधी सेवन गराइएको कार्यालय प्रमुख बराकोटीले बताए ।

सम्बन्धित खबर