२०८१ वैशाख २६, बुधवार , ०३:३२:५२ बजे

Sajhamanch
'

इलाम र बझाङमा भोलि हुने उपचुनावको सुरक्षा व्यवस्थापनको काम पूरा

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा क मा भोलि हुने उपचुनावको लागि सुरक्षा व्यवस्थापनको काम पूरा भएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले उपचुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

चुनावको क्रममा देखिनसक्ने सुरक्षा चुनौतीलाई सुक्ष्म अध्ययन गरी आम मतदातालाई ढुक्क भएर आफ्नो अधिकार प्रदान गर्ने वातावरण निर्माणमा प्रहरी जुटेको उहाँले बताउनुभयो । प्रहरीले मतदाता र मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो सुरक्षा योजना मिलाएको उहाँको भनाइ छ ।

उपचुनावका लागि दुई हजार तीन सय ८७ प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रहरीले इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ । प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ ।

यस्तै बझाङमा ३२ केन्द्रलाई अतिसंवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर