२०८१ वैशाख २३, आइतवार , ११:२०:४९ बजे

Sajhamanch
'

बिर्तामोडमा आज ‘मनसरा पोएट्री कन्सर्ट’ हुँदै

बुधवार, वैशाख १२, २०८१

बिर्तामोड । चर्चित कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बाको मुख्य वाचनमा बिर्तामोडमा आज ‘मनसरा पोएट्री कन्सर्ट’ हुँदैछ ।लामो समयदेखि विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको “UNPLUGGED वाचन” को आयोजनामा पोएट्री कन्सर्ट हुने भएको हो ।

बिर्तामोडस्थित वान स्टप मलमा रहेको क्यु एफ एक्स सिनेमा हलमा मध्याह्न १२ बजेबाट सुरु हुने कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक तथा गजलकार सुनिता तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार कन्सर्टमा कवि सुब्बासहित प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र “मनसरा” का कलाकारहरू मिरुना मगर, मेनुका प्रधान र प्रवीण खतिवडाको विशेष कविता वाचन रहने छ ।

शैलेन्द्र के।को निर्माण र उपेद्र सुब्बाद्वारा निर्देशित चलचित्र ‘मनसरा’ आगामी बैशाख २१ गते शुक्रबारबाट प्रदर्शनमा आउने जनाइएको छ ।

सम्बन्धित खबर