२०८१ वैशाख २१, शुक्रवार , १०:४३:५१ बजे

Sajhamanch
'

तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य

मङ्गलवार, वैशाख ११, २०८१

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सय रुपैयाँले ओरालो लागेको छ।

सोमबार तोलामा एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार पाँच सय रुपैयाँमा निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ।

महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँले गिरावट भएको छ। सोमबार प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० रुपैयाँ निर्धारण भएको छ।

सम्बन्धित खबर