२०८१ वैशाख २१, शुक्रवार , ०८:००:३८ बजे

Sajhamanch
'

इजरायली आक्रमणमा ज्यान गुमाएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

मङ्गलवार, वैशाख ११, २०८१

गाजाको रफाह शहरमा इजरायली आक्रमणमा मारिएकी एक महिलाको गर्भबाट जीवित बच्चा निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला साढे सात महिनाको गर्भवती भएको बताएका छन् । चिकित्सकले आकस्मिक प्रसूति सेवामार्फत शिशुको उद्धार गरेका बीबीसीले जनाएको छ ।

एक किलो ४०० ग्राम तौल रहेको बच्चाको अवस्था स्थिर रहेको र बिस्तारै स्वास्थ्यमा सुधार भइरहेको खबरमा उल्लेख छ । रफाहको अस्पतालमा शिशुको हेरचाह गरिरहेका डाक्टर मोहम्मद सलामाले नवजात शिशुलाई अर्को बच्चासँगै इन्क्युबेटरमा राखिएको बताउनुभयो । उनलाई तीनदेखि चार हप्तासम्म अस्पतालमा राखिनेछ ।

अस्ति आइतवार भएको आक्रमणमा ज्यान गुमाउने महिला सबरीन अल–सकानीसँगै उनका श्रीमान् र ३ वर्षकी छोरीलगायत एकै परिवारमा अरु १३ जना बालबालिकासहित १९ जना मारिएका बीबीसीले जनाएको छ ।

सम्बन्धित खबर