२०८१ वैशाख १९, बुधवार , ०१:५७:५० बजे

Sajhamanch
'

इराकमा पहिलोपटक नेपाली सांगीतिक कार्यक्रम, राजेशपायल राई गुञ्जिने

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । पश्चिम एसियाली मुलुक इराकमा पहिलोपटक नेपाली सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । त्यहाँको स्वतन्त्र पहाडी राज्य कुर्दिस्तानमा गायक राजेशपायल राईले सांगीतिक प्रस्तुति दिने भएका छन् ।

नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले शुक्रबार नेपाली समुदायले कुर्दिस्तानमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

कुर्दिस्तान त्यही थलो हो जहाँ २०६१ सालको भदौ १५ गते आतंकवादीले १२ जना नेपालीको हत्या गरेका थिए । गायक राईले आफू हङकङबाट इराक पुगिसकेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा उनले पोस्ट गरेको भिडियोमा इराकी विमानस्थलमा गायक राईलाई नेपाली समुदायले स्वागत गरेको देख्न सकिन्छ । यतिबेला राजेशपायललाई देश तथा विदेशमा कन्सर्ट गर्न भ्याइनभ्याइ छ ।

गत साता पूर्वी नेपालमा कन्सर्ट गरेका उनी हङकङ हुँदै इराक पुगेका हुन् । अमेरिकामा १७ पटक सांगीतिक प्रस्तुति दिइसकेको भन्दै राजेशपायलले इराकको कार्यक्रमलाई भव्य तुल्याउन कसर नराख्ने बताएका छन् ।

सम्बन्धित खबर