२०८१ वैशाख १८, मङ्गलवार , १०:३७:४४ बजे

Sajhamanch
'

रूद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा डा. रुइत र बाँस्कोटा पुरस्कृत

मङ्गलवार, वैशाख ४, २०८१

भद्रपुर । रूद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले दुई जना वैज्ञानिकलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

आँखाका चिकित्सक डा. सन्दुक रूइत र बाल वैज्ञानिक सविन बाँस्कोटालाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षतामा आज आयोजित समारोहमा उनीहरुलाई कोशी प्रदेशका प्रमुख परशुराम खापुङले पुरस्कार अर्पण गरेका हुन् ।

प्रतिष्ठानले आज दशौं पुरस्कार समर्पण समारोहको आयोजना गरी डा. रुइतलाई आँखाको उपचारमा आफैं लेन्स बनाएर नयाँ आविस्कार गरी विशिष्ठ योगदान गरेवापत श्रीप्रसाद ओली स्मृति राष्ट्रिय प्रज्ञान पुरस्कारबाट ५ लाख नगदसहित सम्मान गरेको हो ।

यस्तै झापाको बुधबारेका बाल वैज्ञानिक बाँस्कोटालाई हवाइजहाजदेखि मोटरसाइकलसम्म आफैं बनाई उडाउने, गुडाउने परीक्षण गरेवापत प्रोत्साहनका लागि १ लाख १११ रूपैयाँसहित देवी ओली स्मृति बाल पुरस्कार प्रदान गरिएको हो ।

सम्बन्धित खबर