२०८१ साउन १२, शनिवार , ०२:१८:४९ बजे

Sajhamanch
'

एलन मस्कको भाइरल ट्वीट :जापान गायब हुँदैछ

बुधवार, फागुन २३, २०८०

सोसल मिडियामा निकै सक्रिय रहने अर्बपति एलन मस्कले एक्समा गरेको एउटा पोस्ट अहिले निकै चर्चामा छ । मस्कले अचानक ट्वीट गरेर लेखे कि : जापान छिटै समाप्त हुनसक्छ । उनको उक्त पोस्टले धेरैलाई अचम्ममा पार्‍यो ।

वास्तवमा एलन मस्क मानिसहरुले धेरै बच्चा जन्माउनुपर्छ र पृथ्वीमा जनसंख्या बढाउनमा योगदान गर्नुपर्छ भन्ने कुरामा सधै मुखर रहँदै आएका छन् । उनले पटक पटक भन्ने गरेका छन् कि विश्वमा मानिसहरुको कमी छ । जनसंख्याको गिरावट मानव सभ्यताका लागि समेत ठूलो खतरामध्ये एक रहेको उनको मत छ ।यहीँ क्रममा उनले जापानको जन्मदर कीर्तिमानी रुपमा तल झरेको समाचारउपर आफ्नो प्रतिक्रिया सोसल मिडिया प्लाटफर्म एक्समा शेयर गरेका छन् ।

उक्त पोस्टमा लेखिएको थियो स् जापानको जन्मदर कीर्तिमानी न्यूनस्तरमा पुगेको छ । एकजना बच्चा जन्मिँदा दुईभन्दा धेरै मानिसको मृत्यु भईरहेको छ । करीब १२ करोड ५० लाख जनसंख्याका लागि हरेक वर्ष करीब १० लाख मानिसलाई गुमाउनु ठीक होइन ।आफ्नो एक्स ह्याण्डलमा उक्त समाचारलाई उधृत गर्दै मस्कले लेखेका छन् । यदि केही परिवर्तन भएन भने जापान हराउनेछ ।

फेब्रुअरी २९ मा गरिएको यो पोस्ट अहिलेसम्म ७ करोड ९० लाखले हेरिसकेका छन् भने २५ हजार प्रतिक्रियाका साथै ४० हजार पटक पुनः पोस्ट गरिएको छ ।मस्कको उक्त ट्वीटमा एकजनाको प्रतिक्रिया छ स् समाप्त हुने यो दौडमा दक्षिण कोरियाले जापानलाई हराउन सक्छ ।त्यस्तै अर्का एकजनाले चाहिँ जापानको भन्दा युरोपको जन्मदर कम भएको भन्दै सबैभन्दा पहिले युरोप गायब हुने उल्लेख गरेका छन् ।

एजेन्सी

सम्बन्धित खबर