२०८३ वैशाख १३ आइतवार , १०:४६:०० बजे

Sajhamanch
'

नेपाली सेनालाई १५ अर्ब रुपैयाँबराबरको ६ वटा हेलिकोप्टर दिने अमेरिकाको प्रस्ताव

आइतवार, वैशाख १३, २०८३

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई १०० मिलियन डलर ९१५ अर्ब चार करोड रुपैयाँ०बराबरको ६ वटा हेलिकोप्टर सहायता स्वरूप प्रदान गर्ने प्रस्ताव गरेको छ ।अमेरिकी सरकारको उक्त प्रस्ताव काठमाडौंस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत रक्षा मन्त्रालयमा पठाएको छ ।

अमेरिकाले १०० मिलियन डलरबराबरका ६ वटा हेलिकोप्टर नेपाली सेनालाई अनुदान सहायक स्वरूप प्रदान गर्ने प्रस्ताव पठाएको छ, रक्षा मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो, सहयोग के कसरी लिने भन्ने बारेमा अहिले नेपाली सेनासँग छलफल भइरहेको छ ।विपदको समयमा उद्धारका लागि प्रयोग हुने गरी ती हेलिकोप्टर सहयोग गर्ने प्रस्ताव अमेरिकाले गरेको स्रोतको दाबी छ । अमेरिकाले यसअघि पनि नेपाली सेनालाई हेलिकोप्टर र स्काई ट्रक (विमान) अनुदान स्वरूप उपलब्ध गराइसकेको छ ।