२०८३ जेठ १७ आइतवार , ११:५७:२६ बजे

Sajhamanch
'

दुई सुरुङमार्ग अन्तिम चरणमा : थप सुरुङमार्ग बजेटको उच्च प्राथमिकतामा

आइतवार, जेठ १७, २०८३

काठमाडौं । दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ ।

नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण सम्पन्न भइसकेको छ । यो सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ ।

सिद्धबाबा सुरुङमार्ग निर्माण सम्पन्न गरी आउँदो असोजदेखि सञ्चालनमा ल्याउने तयारी छ । काठमाण्डौ तराई–मधेस द्रुर्तमार्गमा पनि ६ वटा सुरुङ निर्माणको क्रममा छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा सुरुङमार्गलाई विशेष प्राथमिकतामा राखेको छ ।

सरकारले टोखा–छहरे सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ । यो सुरुङमार्गको चिनियाँ पक्षले प्रारम्भिक तहको सबै अध्ययन गरिसकेको छ । कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मुलमासदेखि जम्लाको टोपलासम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ ।

खुर्कोट–चियाबारी, थानकोट–चित्लाङ, मझिमटार–शक्तिखोर र चिसापानी–बबई सुरुङ निर्माणसम्बन्धी अध्ययन गर्ने उल्लेख छ । सडक विभागका अनुसार सम्भाव्यता देखिएका १७ वटा सुरुङमार्गको पहिचान गरी भौगर्भिक अध्ययनको कार्य अगाडि बढाइएको छ । नेपालमा चन्द्रशम्शेरको समयमा नै मकवानपुरको चुरियामा ७६१ मिटर लामो सुरुङमार्ग निर्माण गरिएको इतिहास छ ।

सम्बन्धित खबर