२०८३ जेठ ८ शुक्रवार , ०४:०९:३० बजे

Sajhamanch
'

पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रवार, जेठ ८, २०८३

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–६ अर्चले भन्ने ठाउँमा सिङ्गल क्यापको पिकअप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार दुर्घटनामा परी झापाको बाह्रदशी गाउँपालिका–५ घर भएका ३५ बर्षिय गोपाल भटराईको मृत्यु भएको हो ।

पिसाब गर्न रोकेका बेला न्यूट्रलमा रहेको गाडी गुड्न थालेपछि ब्रेक लगाउने प्रयास गर्दा चालक सहित गाडी बाटोभन्दा तल झरेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।

गाडीका अन्य दुईयात्री पिसाब गर्न बाहिर रहेकाले सुरक्षित छन् ।

च्याङथापुबाट गोरु र बाछि फालेलुङ तर्फ लैजाने क्रममा अचर्लेमा गाडी रोकिएको थियो । प्र १–०१–००२ च १५६९ नम्बरको पिकअप दुर्घटनामा परेको हो ।

शुक्रवार, जेठ ८, २०८३ | मुख्य समाचार, समाज

सम्बन्धित खबर