२०८३ जेठ ८ शुक्रवार , ११:४३:१६ बजे

Sajhamanch
'

काभा महिला भलिबल च्याम्पियन आजदेखि, घरमै ट्रफी भित्र्याउने नेपालको लक्ष्य

शुक्रवार, जेठ ८, २०८३

काठमाडौं । काठमाडौंमा आजदेखि ‘काभा महिला भलिबल च्याम्पियनसिप २०२६’ शुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कभर्ड हलमा बिहान ११ बजे इरान र बंगलादेशबीच हुनेछ । औपचारिक उद्घाटन दिउँसो २ बजे आयोजना गरिने आयोजक नेपाल भलिबल सङ्घले जनाएको छ । त्यसपछि दिउँसो साढे ३ बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र मालदिभ्स छन् । समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । एफआईबीबीको आधिकारिक वरीयतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय र्‍याङ्किङमा सुधार गर्ने अवसर दिनेछ ।

काभा च्याम्पियनसिपमा नेपाल निरुता ठगुन्नाको कप्तानीमा मैदान उत्रिनेछ । १४ सदस्यीय टोलीमा ६ युवा खेलाडीले पहिलो पटक स्थान बनाएका छन् । रिमा कुँवरले राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छन् ।

त्यस्तै टोली उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।

सन् २०१९ र २०२२ को उपाधि विजेता नेपाललाई तेस्रो पटक उपाधि जित्ने अवसर छ । नेपालले घरेलु कोर्टमै ट्रफी भित्र्याउने लक्ष्य लिएको छ ।

सम्बन्धित खबर