२०८३ जेठ ८ शुक्रवार , ०९:२४:२६ बजे

Sajhamanch
'

गोला–बारुद बनाउन भारतले इजरायली सेनाका लागि पठाउँदै गरेको स्टिल इटालीमा रोकियो

शुक्रवार, जेठ ८, २०८३

इटालीका अधिकारीहरूले भारतबाट इजरायल पठाएको ‘सैन्य–ग्रेड स्टिल’का तीनवटा ठूला जहाज आफ्ना बन्दरगाहहरूमा रोकेका छन् ।मानवाधिकारकर्मी तथा प्रदर्शनकारीहरूको हस्तक्षेपपछि इटालीले यो कदम चालेको बताइएको छ । अधिकारकर्मी समूहहरूले उक्त स्टिल इजरायली सेनाका लागि हतियार तथा गोला–बारुद निर्माणमा प्रयोग हुने खुलासा गरेपछि कारबाही गरिएको जनाइएको छ ।इटालीको एक सञ्चारमाध्यमका अनुसार, ‘मेडिटेरेनियन सिपिङ कम्पनी’द्वारा ढुवानी भइरहेका यी खेपहरूलाई इटालीका जियोइया टाउरो र काग्लियारी बन्दरगाहमा रोकिएको हो ।‘बायकट, डाइभेस्टमेन्ट एन्ड स्यांकसन्स’ ९बीडीएस० आन्दोलन तथा ‘नो हार्बर फर जेनोसाइड’जस्ता अन्तर्राष्ट्रिय नागरिक समाज संगठनहरूको ट्रयाकिङ र निगरानीका कारण यी खेपहरूको पहिचान सम्भव भएको बताइएको छ । अधिकारकर्मी समूहहरूका अनुसार, रोकिएको खेपमा कुल ८०६ टन स्टिल थियो ।

लबदष्
िउक्त स्टिल प्रयोग गरेर इजरायली सेनाका लागि करिब १७ हजार ४५८ वटा तोपखानाका गोला निर्माण गर्न सकिने बताइएको छ ।

यो खेप भारतको औरंगाबादस्थित ‘आर एल स्टिल्स एन्ड इनर्जी लिमिटेड’बाट पठाइएको थियो ।

‘नो हार्बर फर जेनोसाइड’का एक प्रवक्ताले भने, “यो स्टिल रामत हशारोनको गोला–बारुद कारखानाका लागि पठाइँदै थियो, जहाँ कुनै पनि नागरिक प्रयोजनका सामग्री उत्पादन हुँदैनन् । त्यहाँ शतप्रतिशत सैन्य उत्पादन मात्र हुन्छ ।”रिपोर्टअनुसार, कार्यकर्ताहरूको निगरानी र ट्रयाकिङ तीव्र भएपछि अन्य तीनवटा खेपहरूको मार्ग परिवर्तन गरी श्रीलंकातर्फ डाइभर्ट गरिएको थियो । कार्यकर्ताहरूले कानुनी तथा सामाजिक निगरानीबाट बच्नका लागि धेरै अवस्थामा सिपिङ मार्ग र गन्तव्यहरू जानाजानी अस्पष्ट वा गोप्य राखिएको आरोप पनि लगाएका छन् ।यसैबीच, इटालीकी प्रधानमन्त्री जर्जियो मेलोनी र इटालीका विदेशमन्त्री एन्टोनियो तजानीले गाजातर्फ गइरहेको मानवीय सहायता बेडाका कार्यकर्ता तथा प्रदर्शनकारीहरूसँग इजरायलले गरेको व्यवहारको कडा शब्दमा निन्दा गरेका छन् ।

मेलोनी र तायानीले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलको उक्त कारबाहीलाई अस्वीकार्य तथा मानवीय गरिमाको उल्लंघन भनेका छन् । घटनापछि बढ्दो कूटनीतिक तनावका बीच इटाली सरकारले रोमस्थित इजरायली राजदूतलाई औपचारिक स्पष्टीकरणका लागि बोलाउने निर्णय गरेको बताइएको छ । एजेन्सी