
विराटनगर । नेकपा कोशी प्रदेशसभा संसदीय दलले संसदीय दलको उपनेताको जिम्मेवारी बाबुराम गौतमलाई दिएको छ । गौतम यसअघि कोशी प्रदेश सभाको सभामुखको जिम्मेवारीमा थिए ।
संसदीय दलको नेता इन्द्रबहादुर आङ्बोले दलको उपनेतामा गौतम, प्रमुख सचेतकको जिम्मेवारी विद्या चाम्लिङ र सचेतकको जिम्मेवारी सपना दर्जीलाई दिएका हुन् ।
चाम्लिङ तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित सांसद हुन् । गौतम र दर्जी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।
संसदीय दलको नेता आङ्बोले प्रदेश सभामा पार्टीको भूमिकालाई प्रभावकारी, सशक्त बनाउनका लागि जिम्मेवारी तोकिएको जानकारी दिए ।


