२०८३ जेठ ७ बिहिवार , १२:१५:५० बजे

Sajhamanch
'

प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान

बिहिवार, जेठ ७, २०८३

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपाल, सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।

नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा योग्य उम्मेदवार छनोट गर्न आवेदन माग गरेको हो।

मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार प्रेस काउन्सिल नेपालको अध्यक्ष, सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि इच्छुक तथा योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ।

सूचनामा उल्लेख भएअनुसार इच्छुक उम्मेदवारले २०८३ साल जेठ १८ गते सोमबार कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्नुपर्नेछ। आवेदन फाराम, आवश्यक योग्यता, पेश गर्नुपर्ने कागजात तथा अन्य विस्तृत जानकारी मन्त्रालयको वेबसाइट https://mocit.gov.np/मा उपलब्ध रहेको जनाइएको छ।

प्रकाशित सूचनामा तीनवटै संस्थाका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत एक/एक जना उम्मेदवार छनोट गरिने उल्लेख गरिएको छ।

यस्तो छ सूचना:

सम्बन्धित खबर