२०८३ जेठ ४ सोमवार , ०६:४८:०२ बजे

Sajhamanch
'

घरजग्गा कारोबारबाट गत वैशाखमा ६ अर्ब २६ करोड राजस्व सङ्कलन

सोमवार, जेठ ४, २०८३

काठमाडौँ । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व सङ्कलनको विवरणले देखाएको छ । गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

गत चैतमा घर जग्गा कारोबारबाट कूल रु. छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ राजस्व सङ्कलन भएकामा वैशाखमा कूल रु. छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबरको राजस्व सङ्कलन भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, गत वैशाखमा सेवा करबाट रु. ३४ करोड ४० लाख ६३ हजार ४०२, रजिष्ट्रेशन दस्तुरबाट रु. तीन अर्ब ३१ करोड ९५ लाख ५० हजार ११७, पूँजीगत लाभकरबाट रु. दुई अर्ब ५५ करोड २४ लाख ६४ हजार २२ सङ्कलन भएको छ । यस्तै, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट रु. चार करोड ४८ लाख ७८ हजार ३१८ सङ्कलन भएको छ ।

यस्तो शुल्क गत चैतमा सेवाकरमार्फत रु. ३६ करोड एक लाख ५५ हजार ५७१, रजिष्ट्रेशन दस्तुरबाट रु. तीन अर्ब २२ करोड ८४ लाख ६० हजार ५६२ सङ्कलन भएको थियो । यस्तै, पुँजीगतलाभकर वापत रु. दुई अर्ब ५२ करोड ७४ लाख ७० हजार ७३ सङ्कलन भएको थियो ।

मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट रु. चार करोड ६२ लाख ९९ हजार ७८० बराबरको रकम सङ्कलन भएको विभागले जनाएको छ ।

त्यस्तै, गत फागुनमा रु. चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ बराबरको राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार, गत माघमा भने रु. पाँच अर्ब ९९ लाख २४ हजार ५३६ बराबरको राजस्व सङ्कलन भएको थियो ।

सम्बन्धित खबर