२०८३ जेठ ३ आइतवार , ०४:४२:४३ बजे

Sajhamanch
'

क्रिकेट अम्पायर भाष्कर अर्यालको निधन

आइतवार, जेठ ३, २०८३

काठमाडौं । नेपाली क्रिकेटका अम्पायर भाष्कर अर्यालको निधन भएको छ । मोरङको विराटनगर महानगरपालिका–४ निवासी अर्यालको आज बिहान निधन भएको हो ।

क्रिकेटका लेभल–वान अम्पायर अर्याल जन्डिस रोगबाट पीडित थिए । उनले स्थानीयदेखि विभिन्न प्रतियोगिताहरूमा क्रिकेट अम्पायरको भूमिका निर्वाह गर्दै आएका थिए ।

अर्यालको निधनप्रति नेपाली क्रिकेट सङ्घ (क्यान) तथा कोशी प्रदेश क्रिकेट सङ्घले दुःख व्यक्त गरेका छन् । अर्यालको निधनले क्रिकेट खेलको विकासमा अपूरणाीय क्षति पुगेको दुवै संस्थाले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

अर्यालको आजै दिउँसो विराटनगरमा रहेको परोपकारघाटमा अन्त्येष्टि गरिने तय भएको छ ।

सम्बन्धित खबर