२०८३ जेठ ३ आइतवार , ०४:४२:२८ बजे

Sajhamanch
'

सशस्त्रका २ महिला कर्मचारीले सगरमाथा आरोहण गरे

आइतवार, जेठ ३, २०८३

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सहायक हवल्दार कार्कीले बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक शेर्पाले बिहान ११ बजेर ५५ मिनेटको समयमा सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेका हुन् । सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला हुन् ।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गर्नुभएका दुवै जनाले मनाङमा रहेको चुलु फार इस्ट हिमाल र लोबुचे हिमाल पनि आरोहण गर्नुभएको छ ।

यस ऐतिहासिक सफलताले सङ्गठनभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने सशस्त्र प्रहरी बल नेपालको विश्वास छ ।

सम्बन्धित खबर