२०८३ जेठ ३ आइतवार , ११:४३:३६ बजे

Sajhamanch
'

चेल्सीलाई हराउँदै सिटीले जित्यो एफए कपको उपाधि

आइतवार, जेठ ३, २०८३

काठमाडौं । चेल्सीलाई १–० गोलले हराउँदै एफए कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । सिटीले एफए कपसहित यो सिजनको दोस्रो उपाधि जितेको हो ।

यसअघि सिटीले इङ्लिस लिग कपको उपाधि जितेको थियो । हिजो भएको खेलमा ७२ औँ मिनेटमा सिटीले गोल गर्यो । सिटीका हालान्डले दिएको क्रस बलमा सेमेन्योले गोल गरे ।

सिटीले योसहित एफए कपको उपाधि आठौँ पटक जितेको छ । सिटीलाई ईंग्लिस प्रिमियर लिगको उपाधि जित्ने अवसर छ ।

प्रिमियर लिगमा सिटी आर्सनल भन्दा २ अंकले पछाडि छ । प्रशिक्षक पेप ग्वार्डिओलाका लागि ट्रीपल उपाधिको अवसर छ ।

आइतवार, जेठ ३, २०८३ | खेलकुद

सम्बन्धित खबर