२०८३ जेठ १ शुक्रवार , ०४:३९:१९ बजे

Sajhamanch
'

राखेपले एन्फामाथिको निलम्बन फुकुवा गर्‍यो

शुक्रवार, जेठ १, २०८३

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ । राखेपले आज निःशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका पदाधिकारीसहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि स्वीकृतिविना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत १२ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । निलम्बनपछि एन्फा नेतृत्वले चैत १३ गतेका लागि तय भएको चुनाव स्थगित गरेको थियो ।

एन्फामाथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ ९एएफसी० ले पनि राखेपलाई आग्रह गरेका थिए ।

सम्बन्धित खबर