२०८३ जेठ ३ आइतवार , ०२:३५:४४ बजे

Sajhamanch
'

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

आइतवार, जेठ ३, २०८३

काठमाडौं । आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पाले ३२औँ र ल्हाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ ।

प्रसिद्ध पर्वतारोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको शिखरमा पुगेर विश्वको सर्वोच्च हिमाल सर्वाधिक पटक चढेको आफ्नै कीर्तिमान तोड्नुभएको हो ।

सोलुखुम्बुको थामे गाउँका ५६ वर्षीय शेर्पा आज बिहान १० बजेर १२ मिनेटको सगरमाथाको चुचुरोमा पुग्नुभएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो ।

‘एभरेस्ट म्यान’ पनि भनेर चिनिने शेर्पा पहिलो पटक सन् १९९४ मा विश्वको सर्वोच्च शिखरमा पुग्नुभएको थियो । ३२औँ पटक सफल आरोहणपछि कामिरिता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा रहेको सेभेन समिट ट्रेक्स जनाएको छ । शेर्पाले सन् २०२३ र सन् २०२४ मा एकै याममा दुई पटक सगरमाथा आरोहण गर्नुभएको थियो ।

यसैबीच ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पा पनि बिहान ९ बजेर ३० मिनेटमा सगरमाथाको शिखरमा पुग्नुभएको । ११औँ पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम गरेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो ।

सन् १९७३ मा सङ्खुवासभाको मकालु–२ मा जन्मिएकी लाक्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्त्वपूर्ण अध्याय थप्नुभएको गौतमले बताउनुभयो ।

सम्बन्धित खबर