
जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनबाट शुक्रबार पछि हट्नुु भएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले अगामी जेठ ८ गते मुख्यमन्त्रले विश्वासको मत लिने जानकारी गराउनु भयो ।
सत्ता गठबन्धन भित्रको असन्तुष्टि र खटपटको कारण अन्तिम समयमा आएर उहाँ विश्वासको मत लिन पछाडि हट्नु भएको हो ।
उहाँलाई विश्वासको मत लिनका लागि आज बिहान ११ बजे सदन आह्वान गरिएको छ ।
गठबन्धनभित्र र आफ्नै पार्टीभित्रको असन्तुष्टिको कारण फ्लोर क्रस गर्ने जोखिमपछि मुख्यमन्त्री यादव पछाडि हट्नु भएको हो ।
यद्यपि बैठक भने अन्य कार्यसूचिमा प्रवेश गरेर चल्ने जनाएको छ । गत वैशाख २१ गते जनमतले मधेश सरकारबाट समर्थन फिर्ता लिएका थिए ।
यसपछि सरकारको सिफारिसमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन गत प्रदेश प्रमुखको आह्वानमा प्रदेशसभाको सातौं बैठक बोलाइएको छ ।


