२०८३ वैशाख २९ मङ्गलवार , ०४:१३:५३ बजे

Sajhamanch
'

५ राजमार्गमा यातायात प्रभावित, दुई सडक खण्ड बन्द

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । मुलुकका विभिन्न ५ राजमार्गमा यातायात प्रभावित भएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको अपराह्न साढे १ बजेसम्मको तथ्यांक अनुसार दुई सडक खण्डमा यातायात बन्द छ भने तीन खण्डमा एकतर्फी यातायात चलिरहेको छ ।

बाढीका कारण मध्यपहाडी लोकमार्गको भोजपुर नगरपालिका-५ बोखिममा एकतर्फी सडक खुलेको छ । कोशी राजमार्गको संखुवासभा जिल्लास्थित मकालु गाउँपालिका-३ नयाँबस्तीमा पहिरोका कारण सडक एकतर्फी छ ।

त्यस्तै बीपी राजमार्गको काभ्रेस्थित खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी चल्ने सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बेनी-जोमसोम सडक खण्डको म्यादीस्थित अन्नपूर्ण गाउँपालिका-३ जलथलेमा यातायात एकतर्फी सञ्चालनमा छ ।

उता, हिल्सा-सिमकोट सडक खण्डको नाम्खा गाउँपालिका-२ मा समेत यातायात बन्द छ ।

सम्बन्धित खबर