२०८३ वैशाख २९ मङ्गलवार , ०२:५७:०४ बजे

Sajhamanch
'

विदेश पठाउँछु भनेर ३५ लाख ठगेको आरोपमा एकजना पक्राउ

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ घर भएर काठमाडौँ बस्दै आएका ४७ वर्षीय शैलेन्द्र पाण्डे छन् ।

विदेशमा आकर्षक तलबको रोजगारीमा पठाउँछु भनेर उनले ३५ लाख ७० हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताउनु भयो ।

सर्विया र स्लोभाकिया लगायतका देशमा पठाउँछु भनेर उनले १३ जना पीडितहरुबाट रकम लिएर सम्पर्क विहीन भएका थिए । सोमबार काठमाडौँको नागार्जुन नगरपालिका–९ बाट पक्राउ गरेर उनलाई वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर