२०८३ वैशाख २९ मङ्गलवार , ०४:२६:०१ बजे

Sajhamanch
'

सर्जक वियोगीलाई ‘राजस्थल युवा प्रतिभा सम्मान’

मङ्गलवार, वैशाख २९, २०८३

स्याङ्जा । नेपाली साहित्य र पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीलाई राजस्थल युवा प्रतिभा सम्मान–२०८३ प्रदान गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानले प्रजातन्त्र सेनानी शिवकुमार अधिकारीको नाममा उक्त सम्मान स्थापना गरेको हो ।

वालिङ नगरपालिका ३ (साविक माझकोट शिवालय गाविस)का वियोगीको गतवर्ष सत्यम् कथासङ्ग्रह सार्वजनिक भएको थियो ।

स्याङ्जा साहित्य प्रतिष्ठानबाट २०५२ सालदेखि नियमित रूपमा प्रकाशित हुने साहित्यिक त्रैमासिक पत्रिका राजस्थलको श्रीवृद्धिमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको मूल्याङ्कन गर्दै उनी सम्मानित भएको जनाइएको छ ।

नेपाली पत्रकारिता र साहित्यको उत्थानमा वियोगीको समर्पण सराहनीय रहेको सम्मान पत्रमा उल्लेख छ।

सम्मान समारोहमा स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बुद्धिबहादुर राना, शिवकुमार अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष सुबोधकुमार अधिकारी र प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले उक्त सम्मान हस्तान्तरण गरेका हुन् ।

आयोजकले वियोगीको सुस्वास्थ्य र आगामी दिनमा साहित्यिक क्षेत्रमा थप उर्जाशील यात्राको कामनासमेत गरेको छ।

सम्बन्धित खबर