२०८३ वैशाख २८ सोमवार , ०३:३०:५७ बजे

Sajhamanch
'

सन्दीप जोराको शतकमा नेपाल ‘ए’ ले दियो अमेरिकालाई २६५ रनको लक्ष्य

सोमवार, वैशाख २८, २०८३

काठमाडौं । एकदिवसीय अभ्यास शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालको ‘ए’ टोलीले अमेरिकालाई २६५ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले ४९ ओभर ५ बलमा २६४ रन बनाउँदा सबै विकेट गुमायो । नेपाल ‘ए’ का सन्दीप जोराले शतक बनाए । जोरा ११५ बलमा १११ रन जोडेर आउट भए । अमेरिकाका सौरभ नेत्रभाल्करले ३ विकेट लिए ।

नेपाल ‘ए’ टोलीले यसअघिका ३ वटै खेल जितेको थियो । नेपाल ‘ए’ टोलीले पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रन, दोस्रो खेलमा अमेरिकालाई ३ विकेट र तेस्रो खेलमा स्कटल्यान्डलाई डीएलएस नियमका आधारमा ९ रनले हराएको थियो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृङ्खला खेलेको हो । यही वैशाख २९ देखि जेठ ८ गतेसम्म कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा लिग–२ शृङ्खला शुरू हुँदैछ ।