२०८३ वैशाख २३ बुधवार , १२:००:१९ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा चेन्नईले दिल्लीलाई ८ विकेटले हरायो

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराएको छ ।

दिल्लीमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिल्लीले दिएको १५६ रनको लक्ष्य चेन्नईले १७ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो ।

चेन्नईका सञ्जु सामसनले ५२ बलमा अविजित ८७ रन बनाए । अंक तालिकामा चेन्नई १० खेलमा १० अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ भने दिल्ली समान १० खेलमा ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे सनराईजर्स हैदरावाद र पञ्जाव किङ्ग्सले खेल्दैछन् ।

सम्बन्धित खबर