२०८३ वैशाख २३ बुधवार , १२:२२:४५ बजे

Sajhamanch
'

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना छ ।

गएराति र आज बिहान पूर्वका धेरैजसो जिल्लामा पानी परेको थियो । अहिले नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी हिमाली र पहाडी भागमा अहिले साधरणतया बादल लागेको छ भने बाँकी तराई भागमा आंशिक बादल लागेको छ ।

मौसम पूर्वानुमान महाशाखा अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्ने र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी प्रदेशको केही ठाउँ, मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर