२०८३ वैशाख १४ सोमवार , ०१:३७:११ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा सुपर ओभरमा कोलकाताले लखनउलाई हरायो

सोमवार, वैशाख १४, २०८३

झापा । कोलकाता नाइट राइडर्सले आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई सुपर ओभरमा पराजित गरेको छ । गएराति सम्पन्न खेलमा सिजनको पहिलो सुपर ओभर भएको थियो । सुपर ओभरमा लखनउले दिएको २ रनको लक्ष्य कोलकाताले १ बलमै पूरा गरेको थियो ।

त्यसअघि निर्धारित २० ओभरमा दुवै टोलीबाट १५५ रन बनेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा लखनउका निकोलस पूरन र एडेन माक्र्रम ब्याटिङमा आएका थिए । कोलकाताका सुनिल नराइनले पहिलो बलमै पूरनलाई बोल्ड गरे भने त्यसपछि कप्तान रिषभ पन्त आएर १ रन लिएपछि माक्र्रम क्याच आउट भए ।

२ रनको लक्ष्य पछ्याउन आएका रिंकु सिंह र रोभमन पावेलले १ बलमै लक्ष्य पूरा गरे । रिंकुले पहिलो बलमै चौका प्रहार गरे । सुपर ओभरअघि, कोलकाताले दिएको १५६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएपछि बराबरी भएको थियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । यो जितसँगै कोलकाता ८ खेलमा ५ अंक जोडेर पुछारबाट आठौं स्थानमा उक्लिएको छ भने लखनउ ८ खेलमा ४ अंकसहित पुछारमा झरेको छ ।

सम्बन्धित खबर