२०८३ वैशाख १३ आइतवार , ०५:३२:५७ बजे

Sajhamanch
'

एन्फा पदाधिकारीलाई विदेश जान रोक

आइतवार, वैशाख १३, २०८३

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीलाई विदेश जान रोक लगाएको छ ।

आर्थिक विषयको छानबिनका लागि सबै पदाधिकारीलाई विदेश जान रोक लगाइएको खेलकुद मन्त्रालय स्रोतले जनाएको छ ।

राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो ।

खेलकुद मन्त्रालयमार्फत आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार छानबिन समिति गठन गरिएको राखेप सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिनुभयो ।

राखेपले छानबिनका क्रममा एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउन गर्न खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो ।

खेलकुदले गृह मन्त्रालयमार्फत पत्र पठाएपछि अध्यागमन विभागले पासपोर्ट रोक्का गरेको हो । अर्ली इलेक्सन विवादका कारण एन्फालाई राखेपले चैत ११ मा तीन महिनाका लागि निलम्बन गरेको छ ।

सम्बन्धित खबर