२०८३ वैशाख १४ सोमवार , ०१:१८:११ बजे

Sajhamanch
'

आज पनि सुनचाँदीको भाउ बढ्यो

सोमवार, वैशाख १४, २०८३

काठमाडौं । आज पनि सुनचाँदीको भाउ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेकोमा आज १ हजार ३०० रुपैयाँले बढेर तोलामा ३ लाख ५०० रुपैयाँमा कारोबार भएको हो ।

साथै चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । हिजो ४ हजार ९९५ मा कारोबार भएको चाँदीको भाउ आज ५० रुपैयाँले बढेर तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

सोमवार, वैशाख १४, २०८३ | अर्थतन्त्र, समाज