२०८३ वैशाख १३ आइतवार , ०१:३१:३६ बजे

Sajhamanch
'

भक्तपुर मनोहराको सुकुम्वासी बस्तीका घर टहरा भत्काउन शुरु : बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

आइतवार, वैशाख १३, २०८३

काठमाडौं । भक्तपुर मनोहरा क्षेत्रमा रहेको सुकुम्वासी बस्तीमा रहेका घर टहरा भत्काउन थालिएको छ । बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी बस्तीमा डोजर चलाइएको हो ।

अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरी बस्तीमा डोजर लगाएर खाली गर्दैछ । यसअघि केही बासिन्दा आफैँले छाप्रोको छाना र बाँसका संरचना भएका थिए । हिजो बेलुका त्यहाँ तनावको अवस्था सिर्जना भएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित झण्डै दुई हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरी संरचना भत्काउने काम भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार बस्तीका बासिन्दालाई घर टहरा आफै भत्काउन बिहान ९ बजेसम्मको समय दिइएको थियो । त्यसपछि काठमाडौं महानगरपालिकाको डोजरसहितको टोली पुगेपछि घर टहरा भत्काउन थालिएको हो ।

मनोहरा बस्तीमा अनधिकृत ७७७ घर टहरा रहेको विवरण छ । यसअघि हिजो बेलुका सात वटा ठूला पक्की घर भत्काइएको थियो । त्यस क्रममा अवरोध र ढुङगामुढा हुँदा केही संख्यामा सुरक्षाकर्मी घाइते भएका थिए ।

हिजो बिहान थापाथलीको बाग्मती नदी किनारका तथा दिउँसो शान्तिनगर र गैरिगाउँ क्षेत्रका अनधिकृत संरचना भत्काइएको थियो ।

सम्बन्धित खबर