२०८३ वैशाख ९ बुधवार , ०२:१०:४२ बजे

Sajhamanch
'

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने : बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी

बुधवार, वैशाख ९, २०८३

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने विद्युतीय गाडीको भाडा वृद्धि नभएको जनाएको छ ।

विभागले सूचना निकालेर इन्धनको भाउ बढेपछि हालै गरिएको भाडा समायोजन डिजेल इन्जिन भएका गाडीहरूमा मात्र लागु हुने जनाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि विभागले गएको चैत २५ मा स्वचालित भाडा समायोजन प्रणालीअनुसार अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढाएको थियो ।

तर, केही विद्युतीय गाडीले पनि बढेको भाडा लिइरहेको र यात्रुलाई अनिवार्य रूपमा दिनुपर्ने टिकट नदिएको गुनासो आएको विभागले जनाएको छ । विभागले विद्युतीय गाडीमा पुरानै भाडादर कायम रहेको र यात्रुबाट गुनासो आए प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

विद्युतीय गाडीहरूले इन्धनको रूपमा डिजेल प्रयोग नगर्ने भएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको आधारमा उनीहरूको भाडा नबढ्ने प्रावधान छ । विभागले यात्रुलाई पनि तोकिएको भन्दा बढी भाडा नतिर्न र अनिवार्य रूपमा टिकट मागेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

सम्बन्धित खबर