२०८३ वैशाख ९ बुधवार , ०२:१२:१८ बजे

Sajhamanch
'

भद्रपुरमा पाटाको सागमा ब्राउनसुगर लुकाएर ल्याउने महिला पक्राउ

बुधवार, वैशाख ९, २०८३

झापा । भारतबाट पाटाको सागमा ब्राउन सुगर लुकाएर ल्याउने एक महिला भद्रपुर नाकामा पक्राउ परेकी छन् ।

हिजो दिउँसो ४ः३० बजे भद्रपुर-५ मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पैदलयात्री भद्रपुर-६ कृष्णा कम्प्लेक्स सिनेमा हलनजिक बस्ने ५० वर्षीया खैरुन खातुनलाई लागू औषधसहित पक्राउ गरेको हो ।

शङ्का लागेर चेकजाँच गर्दा उनले हातमा बोकेको कालो प्लास्टिकको झोलामा पाटा सागको मुठाभित्र लुकाएर ल्याउँदै गरेको प्लास्टिकसहित ४ ग्राम १४० मिलिग्राम र प्लास्टिकबाहेक ३ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

त्यस्तै गएराति ८ः३०बजे दमक ८ किरात चोक बस्ने २२ वर्षीय एलिसराज खरेल ब्राउन सुगरसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खरेलको घर खानतलासी गर्ने क्रममा उनी सुत्ने कोठाको खाटमुनि पोका पारी राखेको अवस्थामा प्लास्टिकसहित ६ग्राम९७०मिलिग्राम र प्लास्टिकबाहेक ५ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजुसमेत फेला परेको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर