२०८३ वैशाख ९ बुधवार , ०४:४९:०२ बजे

Sajhamanch
'

पूर्व कार्यवाहक सभापति खड्कालाई सोधेको स्‍पष्टीकरण संस्थापनले फिर्ता लिने

सोमवार, वैशाख ७, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ ।

सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले नेता खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिने भएको हो । उनलाई २ वैशाखमा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्यत सकिएको ठहरसहित फिर्ता लिने लागिएको बताइएको छ ।

तथापि, खड्काले स्पष्टीकरण सोध्ने अनुशासन समितिको निर्णयलाई ‘अवैधानिक’ भन्दै अस्वीकार गरेका थिए ।

‘अवैधानिक महाधिवेशन र अवैधानिक ढंगले निर्वाचित कार्यसमितिले बनाएका अवैध संरचनाले स्पष्टीकरण सोध्ने भन्ने निर्णय जुन भएको छ’ खड्काले भनेका थिए, ‘यो निर्णय निरर्थक छ, हास्यास्पद छ, अर्थहीन छ । यत्ति हो मेरो कुरा ।’

सम्बन्धित खबर