
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ ।
गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई हिजो निवासबाटै प्रह्रीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।
एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार काठमाडौंमा माइतीघर मण्डलामा भेला भएर नारा जुलुससहित काठमाडौ जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने तयारी छ ।
अध्यक्ष ओली पक्राउका विषयमा प्रेस चौतारी नेपालले कानुनविदहरुसँग अन्तरसंवाद गर्ने भएको छ । संगठनको केन्द्रीय कार्यालय पुतलीसडकमा अन्तरसम्वाद कार्यक्रम गर्न लागिएको हो ।


