२०८२ चैत ८ आइतवार , ०७:०४:१४ बजे

Sajhamanch
'

नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबल स्थगित

आइतवार, चैत ८, २०८२

काठमाडौं । नेपाल र हङकङबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल स्थगित भएको छ । मैत्रीपूर्ण फुटबलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले रङ्गशाला र मैदानको स्वीकृति नदिएकाले खेल स्थगित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबल आउँदो बिहीवार त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने तय भएको थियो ।

यसअघि पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलाएको विषयमा अध्यागमन विभागले छानबिन शुरू गरेसँगै एन्फाले प्राविधिक कारण देखाउँदै शहीद स्मारक महिला लिग र पुरुषतर्फको राष्ट्रिय लिग अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

सम्बन्धित खबर