२०८२ चैत ६ शुक्रवार , ०१:४७:३८ बजे

Sajhamanch
'

चुनाव स्थगित गर्न एन्फालाई राखेपको निर्देशन

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई चुनाव स्थगित गर्न निर्देशन दिएको छ ।

राखेपका सङ्घ–संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले एन्फालाई पत्र लेख्दै चैत १३ गते आउँदो शुक्रवार झापामा हुन लागेको केन्द्रीय कार्यसमितिको चुनाव स्थगित गर्ने निर्देशन दिनुभएको हो ।

राखेपले चुनावका लागि स्वीकृति नभएको भन्दै स्थगित गरी तीन दिनभित्र त्यसको लिखित जानकारी गराउन पनि निर्देशन दिएको छ । निर्देशन पालना नगरि प्रक्रिया अघि बढाएमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम कारबाही हुने पत्रमा उल्लेख छ ।

यसैबीच पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलाएको विषयमा अध्यागमन विभागले छानबिन थालेसँगै एन्फाको आयोजनामा सञ्चालन भइरहेको पुरुष र महिला दुवै लिग स्थगित भएको छ ।

सम्बन्धित खबर