
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा हिजो भएको खेलमा शीर्ष स्थानको मछिन्द्र एफसी विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ । दशरथ रंगशालमा भएको खेलमा आर्मीले मछिन्द्रलाई २–१ ले पराजित गरेको हो ।
आर्मीका लागि नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्कीले गोल गरे । मछिन्द्रका जोनाथान कान्टिलानाले एक गोल फर्काए । लिगमा मछिन्द्रको यो दोस्रो हार हो । मछिन्द्र ११ खेलबाट २५ अंकसहित शीर्ष स्थानमा कायमै छ ।आर्मी ११ खेलबाट २३ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।
हिजो भएको अर्को खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबले २–२ गोलको बराबरी खेल्दा लालिगुराँस एसोसिएसनले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–२ गोलले पराजित गरेको छ ।


